शूर्पणखा रावणकी एकमात्र बहिनी थिइन् । उनको नङ ठूला र चौडा परेका थिए । उनको नाम शूर्प र नखा मिलेर शूर्पणखा भएको हो । राम र रावणको युद्धको मुख्य कारण नै शूर्पणखा थिइन् ।
रामायणका अनुसार जब राम, लक्ष्मण र सीता बनवासका लागि पञ्चवतीमा बसिरहेका थिए । त्यसबेला रावणकी बहिनी शूर्पणखाले रामलाई मन पराउन थालिन् । उनी भयानक र कुरुपी राक्षसी थिइन् । आफ्नो मायावी शक्तिका कारण एक सुन्दर युवती बनेर प्रेमको प्रस्ताव लिएर रामको नजिक पुगिन ।
रामले शूर्पणखाको त्यो प्रस्ताव अस्वीकार गरे । किनकि उनी पहिले नै विवाहित थिए । त्यसपछि शूर्पणखा प्रेम प्रस्ताव राख्न लक्ष्मण भएको ठाउँमा पुगिन् । लक्ष्मण क्रोधी स्वभावका थिए । रिसले चुर भएर उनले शूर्पणखाको नाक काटिदिए । अपमानित भएर शूर्पणखा आफ्नो भाइ रावणकहाँ पुगिन् र अपमानको बदला लिन भनिन् । बहिनीमाथि भएको अत्याचारको बदला लिनका लागि रावणले सीताको हरण ग¥यो । यसैको कारण राम रावणको युद्ध भएको थियो ।
शूर्पणखा राक्षसी भएकै कारण उनको हाँसो पनि ठूलो थियो । रामायणका अनुसार कुनै खुशीको अवसरमा हाँसो भयानक हुने गर्दथ्यो । दुख,सुखको समयमा पनि उनको आँखा देखेर शरीर काम्ने गर्दथ्यो ।
जब राम,लक्ष्मणसँग प्रेम प्रस्ताव लिएर जाँदा उनी सुन्दरीको रुपमा थिइन् । उनको ओठमा संसारलाई लठ्ठ पार्ने मोहक मुस्कान थियो । तर राम,लक्ष्मणलाई उनको हाँसोले मोहित पार्न सकेन । जब लक्ष्मणले उनको नाक काटेका थिए त्यस समयमा उनी ठूलो स्वरमा हाँसेकी थिइन् । त्यसपछि विलाप गर्दै हराएकी थिइन् ।
-धार्मिक ग्रन्थको सहयोगमा