Logo

आलम प्रकरणः तथ्य बंग्याउने खेल



काठमाडौं,कार्तिक २७ । सर्वोच्च अदालतको फैसला अन्तिम मानिन्छ । फैसलाले ठहर गरेका तथ्यहरू अकाट्य मानिन्छन् । बम विस्फोटपछि आलमविरुद्ध जाहेरी दर्ता नभएको अवस्थामा पीडितहरूले दायर गरेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले नै रौतहटको राजपुरमा बम विस्फोट भएको ठहर गरिसकेको छ ।

फैसलामा भनिएको थियो, ‘प्रतिवादीले घटनामा आफ्नो संलग्नतामा इन्कारी बयान गरे पनि मृतकहरूका बारेमा केही बताउन नसकेको समेतबाट २०६४ चैत २७ गते राति बम पड्किएको र हत्या गरिएका व्यक्तिहरूको सम्बन्धमा यथार्थ छानबिन गर्नुपर्ने अवस्था देखियो ।

महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन दिँदासमेत सर्वोच्च अदालतले अनुमति नदिएकाले उक्त फैसला अन्तिम भएर बसेको छ ।

सर्वोच्च अदालतकै फैसलाबाहेक संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोग अनि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पनि रौतहटमा विस्फोट भएको निष्कर्ष निकालेका छन् ।

अनि त्यतिबेला नै नेपाल बार एसोसिएसनले समेत विस्फोट भएको तथ्य स्विकारी प्रतिवेदन तयार गरेको थियो । तर आलमको पक्षमा वकालत गर्ने केही वरिष्ठ अधिवक्ताले आफ्नो पक्षको प्रतिरक्षा गर्नेभन्दा पनि विस्फोट नै नभएको दाबी गरिरहे ।

अदालतबाट दोषी ठहर हुनुअघि निर्दोष मानिने हरेक व्यक्तिको प्रतिरक्षा गर्न मिल्ने भएपछि स्थापित तथ्यलाई नै इन्कार गर्न मिल्ला र ? आजको कान्तीपुर दैकिमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot