काठमाडौं, कार्तिक २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उहाँकी निजी चिकित्सक डा। दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको २ः४० को उडानबाट अमेरीका पुगेर परामर्शमा जुट्नुभएको छ ।
विदेश मामिला सल्लाहकार डा।राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लाग्नु भएपनि दुवैको उद्देश्य प्रमको स्वास्थबारे परामर्श गर्नु नै भएको बालुवाटारस्रोतले जनाएको छ ।
मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को राख्न सकिने उपचारबारे पनि सल्लाह भइरहको बताइन्छ । पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक) ले आठ बर्षअधि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उहाँको शरीरमा चार वटा किड्नी छन् ।
सिंगापुरमा मिर्गौला पत्यारोपणसम्बन्धी कानुनी जटिलता रहकेो कारण त्यताको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणका लागि कि बैकंक, कि दिल्ली नै जानुपर्ने अवस्ता छ ।
अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको , स्वास्थसम्बन्धी विवरण पनि उतै भएको कारण देखाउदै व्यवस्था मिलाउन्छौ ’ भनी आफ्ना प्रधानमन्त्रीको सन्दैश सुनाएका थिए ।
अधिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचार गराउन स्वागतको लागि तयार रहेको बताएको स्रोतको दाबी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोउत्कृष्ट विकल्प हुने ठानिएको हो ।
नेकपाको एकिकरणमा पोटिल व्युरो गठनबाहेकका सबै काम टुङग्याएर उपचारका निम्ती बाहिर जाने तयारी चल्नु अस्वभाविक पनि हैन । यसनिम्ति सरकार पार्टीका कार्यभारको मात्रै ख्याल गर्नुपर्ने छ ।
वामदेव गौतमलाई पार्टी जिम्मा लगाउने र सरकारमा भरपर्दो मान्छेलाई कार्यवहाको जिम्मा दिने विकल्प अगाडी आएको छ । हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको मन्त्री बनाएर प्रमुख सल्लाहकारको जिम्मेवारी दिने सम्भावना पनि उक्तिकै रहको छ । जना आस्था साप्ताहिकबाट