Logo

मुद्धाका फरार प्रतिवादी नियन्त्रणमा



धादिङ, २७ कात्तिक । विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धलेक गाउँपालिका ४ बस्ने रण बहादुर शाही र सोही ठाउँ बस्ने दिप बहादुर शाहीलाई २६ कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत धादिङको २०७५ मंसिर २० गतेको फैसला बमोजिम चोरी मुद्दामा जनही १ महिना कैद र ७२ हजार रुपैयाँ जरिवाना भई रहेका उनीहरुलाई प्रहरीले नियन्त्रण गरी धादिङ जिल्ला अदालत पेश गरेकोमा उक्त कैद भुक्तानको लागि कारागार धादिङ पठाइएको जनाएको छ ।

त्यसैगरी सवारी ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका ४ बस्ने प्रदिप थपलियालाई २६ कात्तिकमा नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत धादिङको सवारी ज्यान मुद्दामा २०७५ मंसिर २ गतेको फैसला बमोजिम २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थपलियालाई नियन्त्रण गरी जिल्ला अदालत धादिङ पेश गरेएकोमा अदालतको आदेशले उक्त कैद भुक्तानको लागि कारागार धादिङ पठाइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot