Logo

‘कालापानीको समस्या समाधानको साटो भारतले तिकडम गर्न खोजे स्थिति जटिल’



काठमाडौं, २७ कात्तिक । नेपाली काँग्रेसका नेता प्रदीप पौडेल विद्यार्थी राजनीतिबाट उदाएका हुन् । प्रष्ट तर संयमताका साथ बोल्ने पौडेलसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
नेपाली कांग्रेसले सीमा विवादलाई लिएर आन्दोलन थालेको छ, यो आन्दोलन केका लागि ?
भारतले नेपाली भूमि र सीमामाथि जसरी अतिक्रमण गरेको छ । त्यसको अन्त्य गर्न सरकारलाई आफ्नो कुरा दह्रोसँग राख्न दबाब दिनका लागि यी विषयहरु उठेका हुन् ।
यसको समाधान कुटनीतिक माध्यमबाट गर्नुपर्छ भन्नेमा धेरै छन्, तर तपाईहरु त सडक आन्दोलनमा हुनुहुन्छ नि ?
तर, सडक आन्दोलन भन्दा पनि प्रभावकारी कुटनीतिक तरिबाटै यो समस्याको समाधान हुनुपर्छ भनेर हामीले पनि भनिरहेका छौं । पहिला–पहिला यस्ता कुरा आउँदा सरकारको विरोध गरिन्थ्यो । सरकारलाई कमजोर बनाउनका लागि यस्तो विषय उठ्दा सरकारको विरोध गरिन्छ । यस पटकको हाम्रो भनाइ भनेको विषस विषयमा सरकारले दरिलो ढंगले कुटनीतिक पहल गर्नुपर्छ । सरकारले सम्बन्धित पक्षसँग यो विषयको समाधानका लागि नेपाली कांग्रेसको पूर्ण समर्थन छ ।
तर, नेपाली कांग्रेसका सभापतिले नेविसंघलाई सडक आन्दोलन गर्न निर्देशन दिनुभएको छ नि ?
कुनै पनि सचेत नागरिकले आफ्नो भूमि अर्को देशद्वारा अतिक्रमित हुँदा आक्रोशित हुने त्यसका रक्षाका निम्ति आफ्नो ठाउँबाट पहल गर्ने कुरा स्वाभाविक हो भन्ने मलाई लाग्छ । तर, सडक आन्दोलन नै यसको पूर्ण समाधान हो भन्ने हाम्रो भनाइ होइन । यसको लागि सरकारले भारतीय पक्षसँग जोडदार ढंगले कुरा राख्न सक्नुपर्छ । कुटनीति पहल गर्नुहुँदैन, त्यसले समाधान गर्दैन भन्ने पनि हाम्रो भनाइ होइन । यो समस्या कुटनीतिक पहलबाट समाधान गर्ने नेतृत्व सरकारले लियोस् भन्ने हाम्रो भनाइ हो ।
नेपालले निर्माण गरेको नक्सामा लिल्पियाधुरा किन देखिएन ?
यी विषयहरु अहिले नै आएका हुन् भन्ने होइन । यसको बारेमा पहिलादेखि नै धेरै विवादहरु हुँदै आएका हुन् । अहिले भारतीय पक्षले समाधान गर्नुको साटो फेरि तिकडमबाटै लिन सकिन्छ भन्ने काम गर्न खोजेको त्यसले समस्या निम्त्याउँछ । सम्बन्ध सुमधुर हुनुपर्छ, त्यसको लागि एकपक्षीय मात्रै भूमिका भएर हुँदैन, दोहोरो हुनुपर्छ । देशको सीमा भनेको एउटा व्यक्तिको जमीनको साध जस्तो होइन । त्यसकारण यसमा भारतीय पक्षले पनि नेपाली पक्षसँग समझदारी निर्माण गरेर समाधानका निम्ति छलफल अगाडि बढाउनु जरुरी थियो । छलफलै नगरी कुन सिमाना कसको भनेर एकीन भइकन आपूmखुसी नयाँ नक्सा निर्माण गर्न मिल्दैन । यो भन्दा बाहेक अझ नेपालले समेट्नेपर्ने धेरै जमीन बाँकी नै थियो । विगतका सरकारहरुले यसलाई प्राथमिकताका साथ पहल गरेनन् ।
तपाईंहरु पनि सरकारमा हुनुहुन्थ्यो नि खोइत पहल गरेको ?
हामीले पनि सरकारमा हुँदा पहल गर्यौं भनेको छैन । पूर्व प्रधानमन्त्री वीपी कोइरालाबाहेक अरुले यो विषयमा प्रभावकारी ढंगले कुरा उठाउन सकेको छैन । समाधानकै लागि भनेर प्राथमिकतामा राखेर कसैले काम गरेको देखिँदैन । अब सौभाग्यवस अहिलेको दुईतिहाई बहुमतसहितको एकदमै राष्ट्रियताको कुरा गर्ने सरकार छ । यसले पनि उही पुरानै प्रवृत्ति देखाउने हो भन्ने स्थिति देखिन थालेको छ । त्यसकारण हाम्रो भनाइ सम्बन्धित पक्षसँग राख्न जरुरी छ ।
सडक संघर्षले दुई देशबीचको सम्बन्धमा दरार ल्याउँदैन ?
नेपाली सडकमा यस्ता विषयहरु पहिलो पटक उठेक उठेको हो भन्ने पनि मलाई लाग्दैन । कतिपय कुराहरु युवा विद्यार्थीले स्वपूmर्त ढंगले गरिरहेका छन् । नेपाली कांग्रेसले मात्रै होइन अरु पार्टीले पनि यसलाई प्रभावकारी ढंगले उठाउन सक्नुपर्छ । हिजो चाहिं सुरु युद्ध गर्ने भन्ने व्यक्तिहरु अहिले सरकारमा हुनुहुन्छ । अहिले सरकारमा भएका व्यक्तिले हिजो जनताबीच राष्ट्रियताका लागि के के गर्नें भनेको थियो ? हामीले त्यो ढंगबाट समस्याको समाधान हुँदैन भनेर हिजो पनि भनेका थियौं । आज पनि उच्चस्तरीय कुटनीतिक पहलबाट मात्रै समस्याको समाधान हुन्छ भनिरहेका छौं । त्यसैले तपार्इंंहरु सरकारमा भएको बेलामा प्रभावकारी ढंगले कुटनीतिक पहल गर्नुहोस् भनेका छौं । हामीले सम्वादै गर्नुहुँदैन, तुरुन्तै युद्ध गरिहाल्नुपर्छ त्यसबाट मात्रै समाधान हुन्छ भनेका छैनौं । यो विषयमा जुट ढंगबाट सरकारले उठान गर्नुपर्ने थियो, त्यो भइराखेको छैन । त्यसका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन खोजेका हौं ।
अहिले नेपालका भूभागहरु राखेर जसरी भारती नक्सा आयो यसमा नेपाली कांग्रेसको दृष्टिकोण के छ ?
कालापानी, लिम्पियाधुर र लिपुलेक नेपालको भूमिका हो भन्ने यथेष्ट प्रमाणहरु छन् । त्यसमा हामीले पहिलादेखि दावी गर्दै आएका छौं । योभन्दा अगाडि पनि विवादमा रहेको विषय हो । यसमा हामीले हाम्रोतर्पmबाट दावी गरेका छौं, भारतले पनि उसको तर्पmबाट दावी गरेको छैन भनेर मैले भनेको छुइन । त्यसकारण हामीले ती भूमि उपलब्ध प्रमाणका आधारमा दावी गर्न सक्ने प्रशस्त ठाउँहरु छन् । त्यसकारण पहिला हामीले संवादका लागि वातावरण तयार गर्नुपर्छ । त्यसको लागि सरकारले प्राप्त राष्ट्रिय एकताको बलमा दह्रो ढंगले प्रस्तुत हुनुपर्छ । आफ्नो भूमिको सुरक्षाको निम्ति स्पष्ट कुरा राख्न नसक्ने व्यक्ति कसरी देशको प्रधानमन्त्री हुन्छ ? त्यसैले सरकारे स्पष्ट ढंगले अगाडि बढ्नुपर्छ, त्यसको लागि हाम्रो सर्मथन छ । यी कुरा उठाउँमा मेरो सरकारै जान्छ कि भनेर डराउनु भएन ।
अफताब आलमलाई कांग्रेसले किन जोगाउन खोजिरहेको छ ?
आलमलाई बँचाउनका निम्ति कांग्रेसले केही गरेको छैन । यो मात्रै होइन जुनसुकै खालका गैरकानुनी कुरालाई कांग्रेसले संरक्षण गर्दैन । नेपाली कांग्रेस विधिको शासन स्थापित गर्नका लागि जन्मेको पार्टी हो । विधिको शासन र कानुनी राज्यको उलंघन हुन्छ भने त्यो दण्डनीय हुन्छ, त्यको कांग्रेसको मान्छे होस् कि अरु । त्यसकारण निश्पक्ष छानिविनपछि दोषी ठहरिएको खण्डमा जोकोही भएपनि कारबाहीको भागीदार हुनुपर्छ । त्यसकारण त्यो छानविनलाई हामीले कहीकर्त पनि अप्ठ्यारो बनाएका छैनौं ।
पीडितलाई बयान फेराउने क्रम त जारी छ नि ?
त्यो तपाईंलाई सूचना होला । मलाई त थाहा भएन । त्यस्तो हुनुहुँदैन, कसैले गरेको छ भने त्यो गलत हो । सरकार र सम्बन्धित पक्षले निष्पक्ष छानविन गरेर अपराधि ठहरिएको अवस्थामा कारबाही हुनुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्