Logo

ठगी प्रकरणः सीडीओलाई पत्र काट्दै गृह मन्त्रालय



काठमाडौं, कार्तिक २९ । गृह मन्त्रालयले विद्यार्थी ठगेको आरोप लागेका मेडिकल कलेजहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

गृहले त्यसका लागि मेडिकल कलेज भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्र काट्ने भएको छ । गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा विद्यार्थीको उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउन भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्ने भएको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार शिक्षा मन्त्रालयले आफूहरूलाई विद्यार्थी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने तयारी थालिएको छ ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो ।

सरकारले शैक्षिक सत्र २०७६÷७७ का लागि एमबीबीएसतर्फ काठमाडौं उपत्यकाभित्रका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिरका लागि ४४ लाख ३६ हजार २५ एवं बीडीएसतर्फ २० लाख १९ हजार ५८० कायम गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्