Logo

रोग निको हुने विश्वासमा भक्तजन पुग्छन् कोर्णाक मन्दिर



कोर्णाक सूर्य मन्दिर १३ औं शताब्दीको मन्दिर हो । जुन भारतको उडिसा राज्यको कोर्णकमा अवस्थित छ । त्यो मन्दिर पूर्वी गंगा साम्राज्यका महाराजा नृर्सिङ देवले ईस्वी १२३६ देखि १२६४ मा बनाएका थिए । मन्दिर धेरै रत्नका आकारमा बनेको छ । जसमा सबै धातुका पिल्लर र ढोका बनाइएको छ ।

कोर्णाक शब्द, ’कोण’ और ’अर्क’ शब्द मिलेर बनेको हो । अर्को अर्थमा सूर्य, कोणबाट अभिप्राय कोण वा किनार भन्ने हुन्छ । मन्दिरको निर्माण रातो रुंगको बालुवा ढुंगा तथा कालो ग्रेनाइट पत्थरबाट बनेको छ । उक्त मन्दिरलाई युनेस्कोले सन् १९८४ मा विश्व धरोहर स्थल घोषित गरेको थियो । घेृद्धेकलिंग शैलीमा निर्मित मन्दिर सूर्य देव(अर्क) लाई रथको रुपमा राखिएको थियो । सम्पूर्ण मन्दिर स्थलमा १२ जोडी चक्रको साथमा सात ओटा घोडाको सहायताबाट निर्मित गरिएको थियो ।
मुख्य मन्दिर तीन मण्डपबाट बनेको छ । मन्दिरको मुख्य भाग जिर्ण अवस्थामा रहेको छ ।

भविष्य पुरानका अनुसार त्यस क्षेत्रमा त्यो मन्दिर भन्दा पहिले अर्को सूर्य मन्दिर थियो । जसलाई नवौं शताव्दी भन्दा पहले नै देखिएको थियो ।
धर्म ग्रन्थका अनुसार कृष्णको छोरालाई कुष्ठ रोगको श्राप थियो । उनलाई ऋषि कटकले उक्त सरापबाट बचाउनका लागि सूर्य भगवानको पूजा गर्न सल्लाह दिए । त्यसपछि साम्माले चन्द्र नदीको किनारमा १२ वर्षसम्म तपस्या गरे ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्