भरतवंशी महाराज प्रतीपका पुत्र शन्तनुले गंगासँग विवाह गरेका थिए । उनीहरुबाट देवव्रत पुत्रको जन्म भएको थियो । गंगाले छाडेर गएपछि शन्तनुले बुढेसकालमा माझीपुत्री सत्यवतीसँग विवाह गरेका थिए । सत्यवतीले विवाहअघि शन्तनुसँग आफ्नो कोखबाट जन्मिएको सन्तान राज्यको उत्तराधिकारी हुनुपर्ने शर्त राखेकी थिइन् ।
शर्त सुनेपछि उनी चुपचाप खाली हात घर फर्किए । उनी बेचैन,उदासीन भएर एकलकाटे हुन पुग्छन् । पिताको यस्तो अवस्था देखेपछि देवव्रतले सत्यवतीलाई म आजीवन ब्रह्मचर्य पालन गर्नेछु, राज्य गर्ने पनि छैन र तपाईंका सन्तान नै गद्दीका उत्तराधिकारी हुनेछन् ।’ भन्ने बचन दिए । त्यसपछि उनलाई भीष्म भन्न थालिएको हो । सत्यवतीकै कारणले हस्तिनापुरबाट कुरुवंश नष्ट भयो ।
मर्ने बेलामा राजा शन्तनुले इच्छामृत्युको वरदानप्राप्त भीष्मलाई हस्तिनापुर राजसिंहासनमा बसेर वफादार रही सेवा गर्ने आदेश दिएका थिए । सत्यवतीको गमनपश्चात् शक्तिकेन्द्र बदलियो तर हस्तिानापुरको सौभाग्य फिर्न सकेन र महाभारतको युद्ध सुरु भयो ।
कुन्तीको विवाह पाण्डुसँग भएको थियो । उनी हस्तिनापुरका राजा थिए । महाभारतका अनुसार ऋषिको श्रापका कारण पाण्डु सन्तान जन्माउन असमर्थ थिए । उनका दुई श्रीमती कुन्ती र माद्री निःसन्तान थिए । श्रीमतीहरूसँग यौनसम्पर्क राखेमा पाण्डुको मृत्यु हुन्थ्यो । त्यसकारण उनी श्रीमतीलाई लिएर बनवास गएका थिए । त्यसपछि सिंहासनमा धृतराष्ट्रलाई राखियो ।
पाण्डु र माद्रीको मृत्यु भएपछि महत्वाकांक्षी कुन्ती पाँचजना छोराहरूलाई लिएर हस्तिनापुर गइन् । त्यहाँ कुन्तीको भेट गान्धारीसँग भयो । गान्धारीका सयजना छोरा थिए । उनी सन्तानलाई हस्तिनापुरको राजा बनाउन चाहन्थिन् । कुन्तीको चाहना पनि आफ्ना सन्तान राजा होऊन् भन्ने दियो । यी दुईबीच अप्रत्यक्ष रूपमा आआफ्ना छोराहरूलाई राज्याधिकारी बनाउने विषयमा द्वन्द्व चल्यो जसको कारण महाभारतको युद्ध भयो ।
धृतराष्ट्र आँखाबाट मात्र नभई मनदेखि नै अन्धाको जस्तो व्यवहार गर्थे, यसकारण गान्धारी तथा उनका दाइ शकुनीले सम्पूर्ण राजकाज चलाउँथे ।
गान्धारीको मनमा राजपाठ कुन्तीका छोराहरूको हातमा जान्छ भन्ने चिन्ता थियो । शकुनीले दुर्योधनको मनमा सानैदेखि पाण्डवहरूप्रति घृणाभाव जगाएकी थिइन् । गान्धारी । धृतराष्ट्रले पाण्डवहरूलाई पाँच गाउँ दिएर युद्ध रोक्न सक्थे तर उनीहरूले उक्त कुरा स्वीकार गर्न सकेनन् । महाभारतको कथा अनुसार दुर्योधन इन्द्रप्रस्थका बेला द्रौपदीले गरेको अपमान पछि युद्धको कारण बनेको थियो ।
दरबार क्षेत्र जमिनमा पानी र पानीमा जमिनको भ्रान्ति हुन्थ्यो । त्यहाँ हिँड्दा दुर्योधन भ्रमित बनेका थिए । उनले पानीमा होसपूर्वक, लुगा स्याहारेर टेको जमिन हुन्थ्यो र जमिन भन्ठानेर टेको पानीमा पुग्थे । यो देखेर द्रौपदी ‘अन्धाको छोरो अन्धो नै हुन्छ’ भन्दै जोडले हाँसेकी थिइन् । जसले गर्दा दुर्योधनको अभिमानमा चोट पुगेको थियो ।
दुर्योधनले आफूमाथि गरेको अपमानको बदला लिने बाटोको खोजी गर्न थाले । पाण्डवहरूलाई जुवा खेल्न हस्तिानापुर बोलाए । जुवामा उनीहरूको सबै राज्य जितेपछि द्रौपदीलाई समेत जितेर सभामा ल्याई दासी भन्दै नाङ्गो बनाउने प्रयास गरे । परिणामस्वरूप कौरव र पाण्डवका बीचमा शत्रुताको भावना पैदा भयो । द्रौपदीले दुःशासनको रगतले ननुहाएसम्म आफ्नो कपाल नबाँध्ने प्रतिज्ञा गरेकी थिइन् ।
सुभद्र कृष्ण र बलरामकी बहिनी थिइन् । उनको विवाह कृष्णले अर्जुनसँग गराइदिएका थिए । बलरामले पहिल्यै दुर्योधनसँग सुभद्राको विवाह गराइदिने वचन दिएका थिए । त्यसपछि अर्जुन र दुर्योधनका बीच वैमनस्य सुरु भएको धार्मिक मान्यता रहिआएको छ ।
-धार्मिक ग्रन्थको सहयोगमा