Logo

नवाज शरिफको स्वास्थ्य अवस्था गम्भिर



इस्लामाबाद, कार्तिक २९ । स्वास्थ्य अवस्था नाजूक रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयास बिचैमा रोकिएको छ ।

पहिलो सरकारको समयमा विदेश जानबाट रोक नभएका शरिफमाथी यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेपछि समस्या उत्पन्न भएको हो ।उक्त समस्याबाट उनको स्वास्थ अवस्था गम्भिर बन्दै गएको छ ।

वर्तमान सरकारले नवाजले करिब सात अर्ब पाकिस्तानी रुपैया अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ ।

सरकारको उक्त आदेशलाई नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एनले तत्कालै अस्वीकार गरेको छ ।

नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताएका छन् ।
उनले शरिफको शरिरमा तलमाथी भए जिम्मेवार समेत हुुनुपर्ने धम्कि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot