Logo

आलम नख्खु कारागारमा



काठमाडौं, कार्तिक ३० । प्रहरीले मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा नख्खु कारागार ल्याइएको छ । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै उनलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा उनले अदालतबाट थुनामा बस्ने आदेश पाएका थिए ।प्रहरी उच्च स्रोतकाअनुसार आलमलाई शनिबार बिहान साढे ४ बजेतिर नख्खु कारागार  पुर्‍याइयोको छ। उनलाई शुक्रबार राति नै इलाका प्रहरी कार्यालदय चन्द्रनिगाहपुरको टोलीले कडा सुरक्षाबीच हस्तान्तरण गरेको थियो।



प्रतिक्रिया दिनुहोस्