Logo

सचिन तेन्दुलकर किर्तिपुरमा



काठमाडौं, कार्तिक ३० । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्  । बालअधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफको निमन्त्रणामा उनी नेपाल आएका हुन ।

सचिन नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११।०६ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । शनिबार कीर्तिपुर मैदानमा सचिनले विनोद दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् ।

सचिन बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्रा्ष्ट्रिय संस्था सचिन र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैँले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै प्रदर्शनी खेल खेल्ने कार्यक्रम रहेको छ । युनिसेफले सचिनसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०–१० ओभरको हुने बताइएको छ । उनी शनिबार नै भारत फर्कंदै छन् ।



प्रतिक्रिया दिनुहोस्