रुसी आणविक रिएक्टर कम्पनी रोजएटमले भारतसँग संयुक्त रुपमा रिएक्टर बनाउन इच्छा व्यक्त गरेको छ । भारतसँग मिलेर साना र मध्यम वर्गिय रिएक्टर उत्पादन गरेर तेस्रो मुलुकलाई बेच्ने इच्छा राखेको हो ।
यो संयुक्त कदममा सहकार्य गर्नका निम्ती अन्तराष्ट्रिय उर्जा फोरममा गत अक्टोबरमा छलफल समेत भएको थियो ।
रुसले संयुक्त कार्य यसै वर्षको अन्तमा गर्न प्रतिवद्धता व्यक्त गरेको छ । उसले रिएक्टर प्लान्ट भारतको सहकार्यमा दक्षिण एसियामा खोल्ने निर्णय गरेको छ जसले गर्दा भारत र रुस बीचको सम्बन्ध अझ राम्रो हुने र साकारात्मक तरिकाले आणवीक उर्जा उत्पादन गर्नेमा विश्वास लिइएको छ । यसले आणवीक उर्जाको प्रयोग स्वास्थ सेवा र कृषि क्षेत्रमा समेत ध्यान पुग्ने आशा गरिएको छ ।
रुसी कम्पनी रोजएटमले भारतमा कुडनकुलम आणवीक उर्जा प्लान्ट निर्माण सुरु गरिसकेको छ । त्यस प्लान्टको पहिलो र दास्रो एकाइ सम्पन्न भएर काम सुरु भइसकेको जनाएका छन् । प्लान्टको तेस्रो चौथौ एकाइ २०२३ मा सकिने भनिएको छ । प्लान्टको पाँचौँ र छैठौँ एकाइको सहमति दुबै देश बीच २०१७ मा भएको समेत जनाइएको छ। यसैगरि रुसी मोडेलका १२ आणविक रिएक्टर भारतमा बनाउने निर्णय भएको छ । Photo Source: Tass.com