Logo

तेस्रोपटक डायलासिस गरेपछिका प्रधानमन्त्री (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा प्रधानमन्त्रीको तेस्रो हेमोडायलासिस गरिएको हो ।

अस्पतालका मेडिकल डाइेरक्टर चक्रराज पाण्डेका अनुसार प्रधानमन्त्री ओलीको आज तेस्रो पटक डायलासिस भएको हो । डा. पाण्डे र प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीको मिर्गौलाले काम गर्न छाडेपछि यही महिना तेस्रो पटक डायलसिस गरिएको हो। डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् ।

डायलसिसपछि प्रधानमन्त्री ओलीको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल निर्देशक डा. पाण्डेले पत्रकारहरुलाई जानकारी दिए । अस्प्तालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई ‘हेल्लो गुड आफ्टरनुन’ भनेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डीमै १३ र १४ कात्तिकमा डायलसिस गरिएको थियो। लगतार औशधि खाइरहेका ओली गएको साउनबाट नियमित उपचारमा छन्। साउन अन्तिम हप्ता सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर फर्किएका उनी फेरि भदौ पाँच गते सिंगापुर पुगेका थिए। सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्