Logo

‘यौनदुराचारी’ इपिस्टिनसँग नाम जोडिएयता बेलायती राजकुमारले पहिलोपटक मुख खोले



अमेरिकी अर्बपति जेफ्री इप्स्टिेनसँग जोडिएर विवादमा परेका बेलायती राजकुमार राजकुमार एन्ड्रयुले पहिलोपटक मुख खोलेका छन् । उनले इप्स्टिेनसँगको सम्बन्ध गलत अभिप्रायले नभएको दाबी गरे ।

बीबीसीसँग अन्तवार्ता दिदै इपिस्टिन आफूले भेट्दा निकै सम्मानित मानिने गरेको समेत बताए । उनको मानका कारण भेटेको समेत बताए । आफूले इप्स्टिेनको घरमा बसेर गल्ती गरेको स्वीकारे । तर, आफूमाथि कम उमेरका केटीहरुसँग यौन सम्बन्ध राखेको ठाडै अस्वीकार गरे ।

बेलायती राजकुमार एन्ड्रयु महारानी एलिजाबेथका तेस्रो सन्तान हुन् । उनीमाथि कम उमेरका केटीहरुसँग यौन सम्बन्ध राखेको आरोप छ । भर्जिनिया जियफ्रे नामकी एक महिलाले उनीसँग १७ वर्षको हुँदा तीनपटक यौन सम्बन्ध राखेको दाबी गरेकी छिन् । उनले यौन सम्बन्ध राखेको स्थान समेत बताएकी छिन् । जसमध्ये इप्स्टिेनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् ।

हालैमात्र राजकुमार एन्ड्रयु र इप्स्टिेन साथ साथ हिंडेको तस्बिर द मेल नामक पत्रिकाले सार्वजनिक गरेको छ । यसले राजकुमार एन्ड्रयुमाथि दबाब बढेको छ ।

संभ्रान्तहरुलाई कम उमेरका केटी व्यवस्था गरेको आरोप लागेका इप्स्टिेनको सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि नजिकको सम्बन्ध रहेको खुलासा भएको थियो ।

यौन दुराचार र कम उमेरका केटीहरुलाई यौनकार्यमा लगाउने सञ्जाल तयार गरेको अभियोगमा पक्राउ परेका इप्स्टिेन पक्राउ परेपछि हिरासतमा आत्महत्या गरेका थिए ।- एजेन्सीको सहयोगमा  Photo Source: Theskynews



प्रतिक्रिया दिनुहोस्