काठमाडौं, १ मंसिर । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ नारासहित प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल