Logo

आदित्य राँय कपूर र दिशा पटानीको मलंगको पहिलो लूक सार्वजनिक



आदित्य राँय कपूरले आफ्नो जन्मदिनको शुभ अवसर पारेर अगामी फिल्म मलंगको पहिलो लूक सार्वजनिक गरेका छन् । मोहित सुरीले यस फिल्मलाई निर्देशन गर्नेछन् । आदित्य राँय कपूर र मोहित सुरीको संयूत्तमा आशिकि पछि यो दोस्रो फिल्म हुनेछ ।

पहिलो लूकमा आदित्य र दिशा पार्टिपटानीलाई  देख्न सकिन्छ । पहिलो पटक आदित्य र दिशा एकसाथ स्क्रिन सेयर गर्नेछन् ।  फिल्म एक्सन थ्रिलर र रोमाञ्चक हुने जनाइएको छ । निर्देशकले आफूले चाहेको जस्तै फिल्म निर्देशन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।  फिल्ममा आदित्य र दिशाको साथमा अनिल कपूर र कुनाल खेमु नजर आउने छन् ।  फिल्मले दर्शकका माझमा राम्रो छाप छोड्ने निर्देशकले जनाएका छन् ।   २०२० मा सिनेमा फिल्म घरमा आउने छ । Photo Source : The Indian Express 

 



प्रतिक्रिया दिनुहोस्