Logo

मन्त्रिपरिषद पुनगर्ठन गर्न सैद्धान्तिक सहमति



काठमाडौं- ०२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनगर्ठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएकाले पुनगर्ठन गर्न सैद्धान्तिक सहमति दिएको हो।अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनगर्ठनको सैद्धान्तिक सहमति जनाएको हो। त्यसका आधारमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।
आइतबारको बैठकले नेकपा प्रवास इन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । प्रवास इन्चार्जमा विन्दा पाण्डे, अध्यक्षमा युवराज चौलागाई, सचिवमा श्रीप्रसाद शाहलाई तोकिएको छ ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्