Logo

१५ सय कैदीको भिडमा यसरी दिन काट्दै आलम



यसरीकाठमाडौं, मंसिर २ । रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् ।

‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । कारागारमा तीन बन्दीगृह छन् । प्रत्येक बन्दीगृहमा ५ सयका दरले कैदीलाई व्यवस्थापन गर्दै आइएको कारागारले जानकारी दिएको छ । बन्दीगृहभित्र कैदीलाई ५ देखि ७ जनाको समूहमा राख्ने गरिएको छ । आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ । राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्