काठमाडौं, मंंसिर २ । हङ्कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भएको छ । प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।
राति पोलिटेक्निक यूनिभर्सिटी पोलियू भित्र प्रहरी प्रवेश गर्न खोजेपछि सयौँ प्रदर्शनकारीहरूले प्रतिरोध गरेका थिए।प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो।
आफूमाथि आक्रमण नरोकिए गोली प्रहार गर्ने चेतावनी सुरक्षाकर्मीहरूले दिएका थिए। उक्त गतिविधि नरोकिएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायोएको थियो ।