Logo

प्रताप दासको नयाँ गीत ‘हिमाल हौ तिमी’ मा अञ्जली र राजको रोमान्स (भिडियोसहित)



काठमाडौं, २ मंसिर । गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत हिमाल हौ तिमि को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ ।

आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।

खड्काले यस अघि एकल र सोलो गरेर तिन दर्जन भन्दा बढी गितमा संगित भरिसकेका छन् भने एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन्् र पछिल्ला केहि बर्ष देखी आफूलाई अभिनयमा पनि बेस्त राखेका छन् ।

राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशन पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन । यस भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्टबाट आईतबार सार्वजनिक गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot