Logo

जुद्धरत्न बज्राचार्यको दोस्रो पुन्यतिथि सम्पन्न



काठमाडौं, २ मङ्सीर । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ८ का सभापति एवं लोकतान्त्रक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष स्वर्गीय जुद्धरत्न बज्राचार्यको दोस्रो पुन्यतिथि द्वीप प्रज्ज्वलन गरी सम्पन्न गरिएको छ ।

नेपाली काँग्रे काठमाडौं जिल्ला क्षेत्र नं. ८ र ९ तथा लोकतान्त्रिक नेवा खलः को संयुक्त आयोजनामा वसन्तपुरको शिव–पार्वती डबलीमा पुन्यतिथि सम्पन्न गरिएको हो ।

द्वीप प्रज्ज्वलन कार्यक्रमा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, केन्द्रीय सदस्य ध्यानगोविन्द रंजित, पार्टी जिल्ला सभापति सबुजकृष्ण बानियाँ, नेपाली काँग्रेस प्रदेश नं. ३ का प्रमुख सचेतक छिरिङ दोर्जे लामा, प्रदेश साँसद दीपेन्द्र श्रेष्ठ, पूर्व माननीय र स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्