Logo

कुवेतविरुद्ध नेपालले खेल्ने थिम्पुको मैदान



काठमाडौं, २ मंसिर । भुटानको यो मैदानमा नेपाली राष्ट्रिय टोलीले विश्वकप फुटबल छनोट खेल्नेछ। टोली थिम्पुमा तयारीमा जुटिसकेको छ ।

भुटानको चाङलिमिथाङ स्टेडियममा नेपाली टोलीले कुबेतविरुद्ध मङ्गलबार विश्वकप छनोटको एशिया प्यासिफिक क्षेत्रको दोस्रो चरण अन्र्तगत पाचौं खेल खेल्न लागेको हो । यसअघि नेपालले खेलेको चार खेलमा एक जीत र तीनमा हार व्यहोरिसकेको छ ।

नेपालको यो खेल घरेलुमा गणना हुनेछ । दशरथ रङ्गशालाको पुननिर्माण पूरा नहुँदा नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमायो । एशियाली फुटबल महासंघले दशरथ रङ्गशालाको तयारी पूरा नभएको भन्दै खेलाउन समर्थन नजनाएपछि भुटानको मैदान छानिएको हो । घरेलु मैदान नहुँदा न्युट्रल मैदानमा खेलाउन सकिने भएपछि नेपालले विकल्प रोजेको हो । Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्