Logo

घरायसी प्रदूषण दमको मुख्य कारक



काठमाडौँ, ४ मंसिर । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास ९दम०को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।
चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा। राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताउनुभयो । उहाँले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हँुदै गएको उल्लेख गरे । डा। पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
डा। पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताउए  । शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन् । यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो ।
तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ । यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन् ।
विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ । विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् ।
त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ । डा। पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढिरहेको बताए । तथ्याङ्कअनुसार नेपालमा दमको समस्या अत्यधिक रहेको छ । दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
डा। पङ्गेनीले ४५ वर्षमाथिका व्यक्तिलाई दमरोग लाग्न सुरु गर्ने बताउनुभयो । बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने र पाका उमेरका मानिसको सङ्ख्या पनि थपिँदै गएकाले दमखोकीको बिरामी बढेका छन् ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा। अङ्शेष ढुङ्गानाले प्रदूषणकै कारण दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताए । उनले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तìव धूमपान र वायु प्रदूषण मुख्य रहेको बताए । उनले धूमपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको जानकारी दिए । उनले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको जानकारी दिए  ।
डा. पङ्गेनीका अनुसार वातावरणीय प्रदूषण, धुवाँ धुलो, चिसो मौसममा दमका बिरामी बढ्छन् । पहिले जाडो मौसममा मात्र दमका रोगी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय १२ महिना दमका रोगी अस्पताल आउने गरेका छन् । उनले प्रदूषण, धुवाँ, धुलो, घरभित्रको धुवाँ–धुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामी बढेको जानकारी दिँदै दमबाट बच्न प्रदूषणबाट बच्नुपर्ने सुझाव दिए ।डा. पङ्गेनीले स्थायी प्रकृतिको दम ४० वर्ष कटिसकेपछि देखिनसक्ने भन्दै १५ वर्षभन्दा तलका बालबालिकालाई पनि दमरोग देखिने बताए । १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि अस्थायी किसिमको दमरोग देखिने बताए ।
वंशाणुगत कारण पनि दमरोगका बिरामी बढ्ने गर्दछन् । पङ्गेनीले मिल, मैदा, कलकारखाना, उद्योग, धुलो र धुवाँमा काम गर्ने मानिसमा पनि दमको समस्या देखिनसक्ने जानकारी दिए । चुरोट खानेलाई मात्र होइन, मन्दिरमा रहेका पुजारी, घरमा धूप बालेर पूजा गर्ने महिलामा समेत दमरोग देखापर्ने भन्दै सतर्क रहन सुझाव दिए ।
उहाँले एक प्याकेट धूपबाट निस्कने धुवाँ एक सय खिल्ली चुरोटभन्दा बढी हानिकारक हुने जानकारी दिए । उनले निरन्तर चुरोट खाने व्यक्तिलाई कालान्तारमा दमको समस्या हुने गरेको जानकारी दिए । हिमाली प्रदेशमा दाउरा र गुइँठाले खाना पकाउने गरेका भन्दै त्यस क्षेत्रका मानिसमध्ये ४० प्रतिशतलाई दमको समस्या देखा पर्ने गरेको बताए । यसैबीच बुधबार विश्व सीओपीडी दिवस मनाइँदैछ । ‘सबै मिली दीर्घ श्वासप्रश्वास रोग अन्त्य गराँै’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्