काठमाडौँ, ५ मंसिर । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधवार आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि उनले यस्तो घोषणा गरेका हुन्।
विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले औपचारिक रूपमा पदभार सम्हाल्नेछन्। महिन्दा हाल विपक्षी दलका नेता हुन्। कोलम्बो गजेट पत्रिकाका अनुसार विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए। संसद्मा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको बताएका छन्।
राष्ट्रपतीय निर्वाचनमा गोताबाया राजापक्षे विजयी भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो। राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ। सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रिपरिषद् मात्रै रहनेछ। स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ। नयाँ मन्त्रीहरू सबै राजपाक्षेको दलबाट हुनेछन्।
भाइ राष्ट्रपति भएपछि श्रीलंकामा फेरि महेन्द राजपाक्षे प्रधानमन्त्री १
तत्कालीन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अक्टोबर २६, २०१८ मा विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दालाई प्रधानमन्त्री बनाइएका थिए। अदालतले उक्त कदम अवैध भएको फैसला गरेपछि महिन्दाले गत डिसेम्बरमा राजीनामा दिएका थिए। महिन्दा राजपाक्षेले सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति बनेका थिए। उनी २४ वर्षकै उमेरमा सांसद बनेका थिए। उनले श्रीलंकामा चलेको ३ दशक लामो गृहयुद्ध अन्त्य गरेका थिए। आइतवार निर्वाचित राष्ट्रपति राजपाक्षेले सोमवार शपथ लिएका थिए। राजपाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति हुन्। एजेन्सी