Logo

गोकर्ण विष्ट ट्याक्सी चढेर घर गए



काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट घरतर्फ प्रस्थान् गरेका छन् । हिजामात्रै बर्खास्तमा परेका निवर्तमान मन्त्री विष्ट आज सिंहदरबार पुगेर नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिएका थिए ।

उनले मन्त्रालयमा कार्यरत कर्मचारीलाई पनि धन्यवाद दिएका थिए । लगत्तै, उनी सिंहदरबारबाट हिँड्दै बाहिरिएका थिए । बाहिर सडकमा सार्वजनिक ट्याक्सी (भाडाको) चढेर उनी सामाखुशीस्थित् आफ्नो निजी निवास गएका हुन् ।

ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको थिएँ :  विष्ट

विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका थिए । उनले आफ्नो कार्यकालमा धेरै राम्रा काम गर्ने प्रयास गरेको र केहि काम सफल भएपनि केहि काम प्रक्रियामै रहेको उल्लेख गरेका थिए। विष्टले समाजिक सञ्जाल मार्फत आफुलाई मन्त्रीपद छोड्नु पर्दा छोड्नु पर्दा कुनै दुःख नलागेको पनि स्पष्ट पारेका थिए ।

आज बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी ओलीले गयराति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्