Logo

श्रममन्त्री रामेश्वर राय यादवले नेपाली दौरा सुरुवालमा सपथ लिए



काठमाडौं, ५ मंसिर । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवले नेपाली दौरा सुरुवाल र ढाकाटोपी लगाएर सपथ लिएका छन् । उनी उज्यालो रंगको दौरा सुरुवाल र कालो भादगाउँले टोपीमा सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।

मधेश केन्द्रित दलमा रहेर लामो समय राजनीतिक गरेका उनी हृदयश त्रिपाठीसँगै समूह बनाएर अलग्गिएका थिए । त्यसपछि तत्कालिन नेकपा एमालेसँग नजिकिएका थिए । यादव दौरा सुरुवाल र टोपीमा सपथ लिन पुग्दा चासोका साथ हेरिएको थियो ।

यादवसँगै मन्त्री बनेका हृदश त्रिपाठी भने कुर्ता पाइजामामा सपथ लिन पुगेका थिए ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot