Logo

इजरायली प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचार अभियोग



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचार अभियोग लागेको छ । उनलाई त्यहाँको अदालतका महान्यायाधिवक्ताले अभियोग लगाएका हुन् ।

नेतान्याहुमाथि धनाढ्य व्यापारीहरुसँग उपहार लिएको अभियोग छ । उनीमाथि घुस लिएको, ढाँटछल गरेको र विश्वासघात गरेको तीनवटा अभियोग छ ।
भ्रष्टाचारको अभियोग लागेपनि नेतान्याहुले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् । उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको आरोप लगाउँदै पद त्याग गर्न वाध्य नभएको जिकिर गरेका छन् । तर, उनका विपक्षी नेता बेनी ग्यान्जले नेतान्याहुले बहुमत संसदलाई नेतृत्व दिन नसकेको आरोप लगाएका छन् ।

नेतान्याहु सेनाको पूर्व कमाण्डर हुन् । उनी पछिमात्र राजनीतिमा होमिएका हुन ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot