Logo

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा



कोलम्बो,मंसिर ६ । देशमा जारी दशकौं लामो गृहयुद्ध समाप्तिको नेतृत्व गरेका राजापाक्षे दाजुभाइको श्रीलंकाको राजनीतिमा पुनरोदय भएको छ। गत शनिबार देशमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वा्िचत गोताबय राजापाक्षेले आफ्नै दाइलाई अन्तरिम प्रधानमन्त्रीको शपथ गराएपछि श्रीलंकाली सत्तामा दाजुभाइको पुनरोदय भएको हो।

राजापाक्षे दाजुभाइ द्वयले देशमा दशकौं लामो गृहयुद्ध अन्त्यको नेतृत्व गरेका थिए। एक दशक अघि श्रीलंकामा तमिल विद्रोही आन्दोलनलाई पूर्ण रूपमा अन्त्य गर्नेबेला नवनिर्वा्िचत राष्ट्रपति गोताबय राजापाक्षे रक्षा सचिव थिए भने उनका दाइ महिन्दा राजापाक्षे राष्ट्रपति थिए।

राजधानी कोलम्बोमा आयोजित एउटा संक्षिप्त समारोहमा महिन्दा राजापाक्षेले देशको प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका छन्। शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट गोताबय देशको राष्ट्रपति निर्वा्िचत भएसँगै बुधबार उनलाई सजिलो बनाउने भन्दै रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्