Logo

यी युवतीका कारण बेलायती राजकुमार पद त्याग्न वाध्य



बेलायती राजकुमार एन्ड्रयुले पद त्याग गर्ने घोषणा गरेका छन् । यौनकाण्डमा मुछिएपछि उनले पद त्याग गर्ने भएका हुन् ।

राजकुमार एन्ड्रयु यौन दुराचारको अभियोग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिेनसँग नजिकको सम्बन्धमा रहेको खुलेको थियो । विगतमा इप्स्टिेनले उनका लागि कलिला केटीहरु व्यवस्था गरेको विषय बाहिर आएको थियो । इप्स्टिेनसँग तस्बिर बाहिर आयो । उनलाई एक युवतीले किशोरावस्थामा यौन सम्बन्ध राखेको सार्वजनिक गरेकी थिइन् । ती युवतीले राजकुमार एन्ड्रयुसँगको तस्बिर समेत बाहिर ल्याइन् ।

विवादमा परेका बेलायती राजकुमार राजकुमार एन्ड्रयुले आरोप अस्वीकार गरेका छन् । उनले इप्स्टिेनसँगको सम्बन्ध गलत अभिप्रायले नभएको दाबी गरे । तर, चौतर्फी दबाबपछि राजकुमार उपाधि त्याग्ने घोषणा गरे ।

आफूले इप्स्टिेनको घरमा बसेर गल्ती गरेको स्वीकारे । तर, आफूमाथि कम उमेरका केटीहरुसँग यौन सम्बन्ध राखेको ठाडै अस्वीकार गरेका थिए ।

बेलायती राजकुमार एन्ड्रयु महारानी एलिजाबेथका तेस्रो सन्तान हुन् । उनीमाथि कम उमेरका केटीहरुसँग यौन सम्बन्ध राखेको आरोप छ । भर्जिनिया जियफ्रे नामकी एक महिलाले उनीसँग १७ वर्षको हुँदा तीनपटक यौन सम्बन्ध राखेको दाबी गरेकी छिन् । उनले यौन सम्बन्ध राखेको स्थान समेत बताएकी छिन् । जसमध्ये इप्स्टिेनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् ।

हालैमात्र राजकुमार एन्ड्रयु र इप्स्टिेन साथ साथ हिंडेको तस्बिर द मेल नामक पत्रिकाले सार्वजनिक गरेको थियो ।
संभ्रान्तहरुलाई कम उमेरका केटी व्यवस्था गरेको आरोप लागेका इप्स्टिेनको सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि नजिकको सम्बन्ध रहेको खुलासा भएको थियो ।

यौन दुराचार र कम उमेरका केटीहरुलाई यौनकार्यमा लगाउने सञ्जाल तयार गरेको अभियोगमा पक्राउ परेका इप्स्टिेन पक्राउ परेपछि हिरासतमा आत्महत्या गरेका थिए । उनको आत्महत्या प्रकरण रहस्यमय बनेको छ । – एजेन्सीको सहयोगमा  Photo Source: Theskynews



प्रतिक्रिया दिनुहोस्

Screenshot