काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता पार्वत गुरुङ पहिलोपटक मन्त्री बनेका छन् । उनले भ्रष्टाचाररहित समाज निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताए । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
जनताको पक्षमा काम गर्ने तपाईंका योजनाहरु के के छन् ?
विशेषतः अहिलेको संविधान र कानुन अनुसार यस मन्त्रालयको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरिने छ । प्रथमतः कम आकर्षण भएको मन्त्रालय भन्ने बजारमा सुनिन्छ । त्यसलाई अरु सरह आकर्षण भएको मन्त्रालय बनाउने मेरो काम हुन्छ । महिला बालिबालिका जस्तो देशको मेरुदण्ड जोडिएको मन्त्रालय भएकाले यसलाई आफ्नो विवेकले भ्याएसम्म आकर्षित बनाउन मेरो दृढ संकल्प रहने छ ।
यो मन्त्रालयमा काम गर्ने मौका पाउँदा आत्म विश्वास बढेको छ ?
महिला, बालबालिका तथा जेष्ठ नागरिक जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँदा मलाई अत्यन्तै आत्मविश्वास बढेको छ । देशका हिमाल, पहाड, तराई सबै वर्ग र समुदायमा महिला बालबालिका तथा जेष्ठ नागरिकमा जस्तो समस्या देखेको छु । त्यसको समाधानका लागि म अत्यन्तै आत्मविश्वासका साथ लाग्ने छु ।
यो मन्त्रालयमा मन्त्री हुनुपर्छ भन्ने सबैको चाहना हुन्छ, तर प्रधानमन्त्रीले तपाईं किन दिनुभयो ?
देशका ८० प्रतिशत जनताको यस मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसको नेतृत्व पार्वत गुरुङले गर्न सक्छ भनेर मलाई यो मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
तपाईंको कार्यकालमा महिला हिंसा रोक्न सक्नुहुन्छ ?
त्यसलाई न्यूनिकरण गरेर अन्त्यतिर लैजाने छु ।
सडक बालबालिकाको समस्या समाधान गर्न सक्नुहुन्छ ?
सडक बालबालिको समस्या समाधानका निम्ति भावी गुरु योजनाको रणनीति बनाउने छु ।
अब जेष्ठ नागरिकहरुले समस्या भोग्नुपर्दैन ?
यसलाई भाषणमा भन्दा पनि समाधानतिर जानुपर्छ । त्यसको लागि हामीसँग स्थानीय, प्रदेश र संघीय सरकार छ । सबैतिरबाट त्यसलाई व्यस्थिति र सुदृढ गर्न कानुन र नियम बनाएर अगाडि बढ्ने छौं ।
वर्तमान सरकारले भ्रष्टाचाररहित समृद्ध समाज निर्माण गर्न सक्छ ?
त्यसप्रति हामी विश्वस्त छौं । जसरी प्रधानमन्त्रीले भ्रष्टाचाररहित समृद्ध समाज निर्माण गर्ने सपना देख्नुभएको छ । त्यो सपना पूरा गर्न म प्रतिबद्ध र कठिबद्ध छु ।
अब तीन वर्षमा देशले काँचुली फेर्न सक्छ ?
त्यसको लागि विश्वासका साथ हामी यो सरकारमा आएका छौं । त्यो काम पुरा गरेर छाड्छौं ।
यो सरकारले भ्रष्टाचारीहरु कारबाही गर्न सक्छ ?
कारबाही गरिरहेको छ, अझै गर्छ ।
यो सरकारले दश समृद्ध बनाउन सक्छ ?
यो सिंगो सरकार पनि राम्रो हुने छ । यो सरकारले गरेका कामले सिंगो नेपाल नै राम्रो र समृद्ध भएर जाने छ । File Photo