Logo

एयर एसियाले पाएन अनुमति



काठमाडौ, मंसिर ७ । मलेसियन र थाई लगानीकर्ताले सञ्चालनमा ल्याएको थाई एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल उडान अनुमति रोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने स्वीकृति दिइसकेको थियो । मलेसियाको वायुसेवा कम्पनी एयर एसियाअन्तर्गतको थाई एयर एसियाले बैंकक–काठमाडौं–बैंकक उडान अनुमति मागेको थियो ।

प्राधिकरणले अभिभावक संस्था एयर एसियाले नेपालमा उडान गरेबापत चार वर्षयताको बक्यौता रकम नबुझाएकाले यसलाई पनि उडान रोक लगाइएको स्रोतको भनाइ छ ।

असोजसम्म एयर एसियाले बुझाउनुपर्ने बक्यौता १८ करोड ९४ लाख रुपैयाँ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।कान्तीपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot