काठमाडौं, मंसिर ८ । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने खेलकुद१३औं दक्षिण एसियाली सागको प्राविधिक समितिले शनिबार आफ्नो कार्य्विवरण सार्वजनिक गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्राखेपको प्रचारप्रसार समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राविधिक विषयमा समितिका संयोजक गंगाबहादुर मगरले जानकारी गराएका हुन्।
गंगाबहादुरका अनुसार समितिले सागमा सहभागी भएका खेल संघहरूसँग समन्वय गरी प्रशिक्षक एवम् प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम् खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशनसम्बन्धि काम पूरा भएको जानकारी दिए।
समितिले २६ खेलमा २ हजार ३५ प्राविधिक खटिने जनाएको हो। जसमा ६ सय १३ अन्तर्रा्ष्ट्रिय, ७ सय ३२ राष्ट्रिय र ६ सय ९० सहायक प्राविधिक हुनेछज्। सागमा खटिने प्राविधिक जनशक्तिमध्ये काठमाडौंमा सर्वा्धिक १ हजार ५ सय २, पोखरामा ४ सय ९१ र जनकपुर ४२ जना खटिने समितिका संयोजक गंगाबहादुरले जानकारी गराए। केही दिनभित्र नै खेल स्थलको निरीक्षण गरी आवश्यक सल्लाहसुझाव दिने संयोजक गंगा बहादुरको भनाइ छ।
सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २६ खेल समावेश गरिएको छ। नागरिक दैनिकबाट