काठमाडौं, मंसिर ८ । काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भाव्यता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ ।
उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए ।
उनका अनुसार निकै चर्चा पाएको काठमाडौँ–स्याप्रुबेसी सुरुङमार्गको अध्ययन भने मन्त्रालयको कार्यतालिकामा छैन ।आजको आर्थिक अभियानमा खवर छ ।