कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ वर्ष बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । यसबीच केहीको डिएनए परीक्षण गरियो तर मेल खाएन ।
यस्तै घटना २३ वर्ष अघि जर्मनीमा भएको रहेछ । ११ वर्षीया क्लाउडिया रफको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।
प्रहरीले सयौंको डिएनए परीक्षण गर्यो तर अपराधी पत्ता लागेन । २३ वर्षपछि त्यहाँको प्रहरी पुनः सक्रिय भएको छ । नौ सय जनालाई डिएनए परीक्षणका लागि पत्र लेखेको छ । उनीहरुबाट शनिबारबाट रयाल संकलन गर्न थालिएको छ । मुकबाट रयाल निकाल्न लगाएर डिएनए स्याम्पल संकलन गरिने तयारी भएको छ । स्थानीय प्राथमिक विद्यालयमा रयाल संकलन भइरहेको बुझिएको छ ।
सन् १९९६ को मे महिनामा ११ वर्षीया क्लाउडिया रफको अपहरणपछि हत्या भएको थियो । उनको शव दुई दिनपछि पेट्रोल छरेर आगो लगाइएको अवस्थामा फेला परेको थियो ।
क्लाउडियाका बाबुले भिडियो अपिल गरेपछि प्रहरीले अपराधी पत्ता लगाउने सक्रियता बढाएको हो । यसअघि सन् २०१० मा पनि ३५० जनाको डिएनए परीक्षण गरिएको थियो । तर, दोषी पत्ता लाग्न सकेन । त्यहाँको प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ ।-एजेन्सीको सहयोगमा Photo Source: goqradio