Logo

‘तरकारीवाली’ कुसुम श्रेष्ठले गरिन् विहे



काठमाडौं, मंसिर ८ । कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकि छिन् ।भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ।

गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी बिबिसी जस्ता अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् ।

पाकिस्तानी चियावाला अरशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकी कुसुम भाइरल भएकि थिइन् ।फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर आएका थिए । उनले नेपाली चलचित्र ‘लम्फु’ मा अभिनय गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot