Logo

पुटिनको दलको झण्डामा हिमभालु किन



रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सँसारकै शक्तिशाली नेतामध्ये पर्छन् । उनी व्यक्तिगत जीवनमा पनि जुडो खेलाडी हुन् र निकै बलिया छन् ।

रुसको पूर्व गुप्तचर अधिकारी पुटिन आश्चर्यजनक ढंगबाट राजनीतिमा पाइला राखे । रुसको राष्ट्रपति बन्दा उनको कुनै दल थिएन । चुनावका लागि दल खोले ।

पुटिन अप्रत्यक्ष नेता रहेको दल युनाइटेड रसियाको झण्डामा हिम भालु राखिएको छ । हिम भालु रुसमा अत्याधिक प्रयोग हुने चिन्हमध्ये हो । यसको अर्थ विशाल, निर्दयी र उदण्ड हुन्छ । पुटिन अप्रत्यक्ष रुपमा नेता रहेको दलको झण्डामा हिम भालु राखेर उनले आफ्नो दल खतरनाक सावित हुनसक्ने सन्देश समेत दिन खोजेको बताइन्छ । हुनपनि पुटिन विश्वलाई चकित पार्ने र त्रसित पार्न सक्ने नेतामा पर्छन् ।

हालैमात्र युनाइटेड रसिया पार्टीलाई पुटिनले सम्बोधन गर्दै यो दल कठिन निर्णय लिन नडराउने बताए । रुसमा शासन गर्नमा भन्दा भविष्य बनाउन लागिपरेको बताए । शनिबार पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै पार्टीले ऐतिहासिक दायित्वबाट कहिले नडराएको स्पष्ट पारे ।-एजेन्सीको सहयोगमा Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्