Logo

वामदेवको दाबी : हामी ५ वर्षमा चीनको अवस्थामा पुग्छौं



काठमाडौं, ८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले आगामी पाँच वर्षभित्र मित्रराष्ट्र चीनको अहिलेको अवस्थामा नेपाल पुग्ने दाबी गरेका छन् ।

आइतबार ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा गौतमले यस्तो बताएका हुन् । उनले आगामी १५ देखि २० वर्षमा समृद्धिको बाटोमा नेपाल जाने आधार पेश गरे ।

गौतमले भने,‘नेपालमा पाँच वर्षमा हामीले आधारभूत समाजवाद निर्माण गर्न सक्छौं । अर्को पाँच वर्षमा हामीले चीन जहाँ पुगेको छ, त्यो ठाउँ पुग्न सक्छौं र १५ वर्षदेखि २० वर्षमा हामी समृद्धिको बाटोतर्फ जान सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्