Logo

मिस यूनिभर्स २०१९ मा रुस भाग नलिने



मिस यूनिभर्स ब्यूटी पिजेन्टमा २०१९ मा भाग नलिने भएको छ । यस विषयलाई मिस यूनिभर्स कनटेस्टका निर्देशकले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । यसवर्षको मिस यूनिभर्स ब्यूटी पिजेन्टमा २०१९ तालिका ढिलो आएको कारण रद्द गरेको जनाए । यस वर्ष हुने मिस यूनिभर्स ब्यूटी पिजेन्टमा २०१९ मा मिस रसिया एलिना सान्कोले दुईबटा प्रतियोगिता मिस वल्र्ड र मिस यूनिभर्समा भाग लिने विषय पनि सार्वजनिक गरे । यी दूईवटा प्रतियोगिताको तालिका ८ र १४ डिसेम्बरमा हुनेछ ।

मिस रसिया एलिना सान्कोसँग क्षमता रहेको र उत्कृष्ट प्रर्दशन गर्नेछिन् । संयूक्त राज्यको भिसा पाउन कठिन हुने कारणले सान्कोले मिस यूनिभर्स ब्यूटी पिजेन्टमा भाग लिन नसक्ने जनाइन् । ठूलो संस्थाले आयोजनाको तालिका समयमा सार्वजनिक गर्नु आवश्यक रहेको निर्देशकले जनाए ।

मिस रसिया २०१९ एलिना सान्कोले १४ डिसेम्बरमा हुने मिस वल्र्ड पिजेन्टमा भाग लिने छिन् । १९५१ देखि मिस वल्र्ड पिजेन्ट प्रख्यात रहेको छ । मिस यूनिभर्स १९५२ बाट प्रत्येक वर्ष हुँदै आएको छ । नोभेम्बर २८ देखि डसिेम्बर ८ सम्म मिस यूनिभर्स ब्यूटी पिजेन्ट एटलान्टामा आयोजीत हुनेछ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot