Logo

उपसचिव र डिएसपीसहित ३८ जना कर्मचारी अख्तियारको फन्दामा



काठमाडौं, ८ मंसिर । लाइसेन्सको अनियमिततामा यातायातका तीन उपसचिवसहित ३८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । यतायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) बाट २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी लाभ र्पुयाउने बदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरेको खुलेपछि आयोगले आइत्बार मुद्दा दायर गरेको हो ।

सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपतिहरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्च रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेल उपसचिव धर्मराज ढुंगाना र बाबुलाल रेग्मी छन् । इन्जिनियर बासुदेव पोखरेल, इन्सपेक्टर मुरारी मिश्र, डिएसपी नवराज थापा, तत्कालिन अधिकृत राममणि पोखरेल, अधिकृत ईश्वरराज रेग्मी, अधिकृत शम्भु प्रसाद थपलिया लगायत विरुद्ध मुद्दा दायर भएको हो ।

एक सय रुपैयाँसम्म बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएका अन्य २९ जनाको विवरण यस्तो छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot