Logo

मेडिकल कलेज सञ्चालकलाई ठगी मुद्दा



काठमाडौं, मंसिर ९ । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल कलेजका सञ्चालकहरूलाई ठगी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अघि बढाउने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतवार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही गर्नेबारे छलफल गरेका छन् । विदेश भ्रमणबाट शुक्रवार फर्केका उनले आइतवार बिहानै गृहमन्त्रीलाई भेटेर कारवाही प्रक्रियाका विषयमा छलफल गरेका हुन् ।

आजको कान्तिपुर राष्ट्रिय दैनिकमा सुदीप कैनीले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्