काठमाडौँ, ९ मंसिर। भक्तपुर निर्वाचन क्षेत्र १ ९क० प्रदेश सभा सदस्यका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा विकासवादी उम्मेदवारले निर्वाचन जित्नुपर्ने अपेक्षा स्थानीय मतदाताले व्यक्त गरेका छन् । निर्वाचन जुनसुकै पार्टीका उम्मेदवारले जिते पनि मतदातालाई कुनै फरक नपर्ने भन्दै स्थानीय मतदाताले निर्वाचन जितेपछि जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने र विकास निर्माणका काममा प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
भक्तपुर–१ प्रदेश सभा ‘क’ अन्तर्गत चाँगुनारायण नगरपालिका–७, बागेश्वरीका अस्मिता गिरीले प्रदेश सभाको निर्वाचनमा हाम्रोभन्दा पनि राम्रो उम्मेदवारले जित्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। उनले भने, “बेरोजगारी समस्या, स्वास्थ्य, शिक्षा र विकास निर्माणका ठूला पूर्वाधारलाई सशक्त रूपमा उठाउन सक्ने व्यक्तिले निर्वाचन जित्नुपर्छ । ” चाँगुनारायण–७, नगरकोटका अर्का मतदाता प्रकाश बाँस्तोलाले प्रदेश सभा सदस्य त्यागी र विकासप्रेमी हुनुपर्ने बताए। उनले भने, “निर्वाचन जितेपछि व्यक्तिगत स्वार्थमा लाग्नेभन्दा पनि इमानदार व्यक्तिले निर्वाचन जित्नुपर्छ । राजनीति भनेको सेवा हो, सेवाको भावना भएका व्यक्तिले निर्वाचन जित्नुपर्छ । ” भक्तपुरको १ ९क०मा ४५ हजार २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघिको निर्वाचनमा भने उक्त क्षेत्रमा ४३ हजार ५४१ मतदाता थिए । यस क्षेत्रअन्तर्गत चाँगुनारायण नगरपालिका पूरै क्षेत्र र भक्तपुर नगरपालिकाको वडा नं। १० पर्छ ।
तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार देवीप्रसाद ढकाल ९डीपी०ले विकास निर्माणको कार्यमा सहजीकरण गर्दै स्थानीयवासीको हरेक समस्या समाधान गर्ने काम आफ्नो पार्टीको चुनावी मुद्दा भएको बताए। नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णलाल भडेलले आफू राजनीतिक सेवामा लागेदेखि नै निरन्तर रूपमा यस क्षेत्रको विकास र सामाजिक काममा लागेको भन्दै निर्वाचित भएपछि पनि यसैगरी जनताको सेवामा लाग्ने बताए। भडेलको आमाको गत हप्ता निधन भएपछि निर्वाचन प्रचारका क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुर र निर्वाचन परिचालन समितिसँग समय मिलाएर उम्मेदवार आफैँ पनि घरदैलो कार्यक्रममा सहभागी भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजूले प्रदेश सभामा पुगेर राम्रा कानुन निर्माण गर्ने आफ्नो पार्टीको अभियान छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्याम नेपालले सुशासन र विकास निर्माण नै आफ्नो पार्टीको चुनावी नारा रहेको जानकारी दिए।
वि।सं। २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा ९एमाले०का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित भएका थिए । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउनुभएको थियो । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजूले सात हजार १९ मत पाएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४८५ मत ल्याएको थियो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा यस क्षेत्रमा ११ वटा राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
गोरखापत्र दैनिकबाट