Logo

निर्माण व्यवसायीद्वारा बालुवाटार घेराउ, यस्तो छ कारण (फोटोफिचर)



काठमाडौं, ९ मंसिर । सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन भन्दै सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको मूल गेटमा धर्ना दिएका छन् । यसअघि उनीहरुले गत शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन दवाव दिँदै धर्ना दिएका हुन्। सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै व्यवसायीहरु सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्