Logo

लालबाबु पण्डितको विलौना : ओलीले मलाई अन्याय गर्नुभयो



काठमाडौं, ९ मंसिर । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्याय गरेको गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पण्डितलाई बर्खास्त गरेका थिए । बर्खास्तीमा परेका निवर्तमान मन्त्री पण्डितलाई डेरा पाउनै मुश्किल परेको थियो । तर, उनले मुश्किलले कोटेश्वरमा मासिक २५ हजारको कोठा पाएका थिए ।

सोमबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा पण्डितले विलौना गर्दै भने,‘मैले राम्रो काम गरेको थिएँ, तर प्रधानमन्त्रीले अन्याय गर्नुभयो । उहाँले मेरो कुरा सुन्नुभएन् । कर्मचारी समायोजनमा मैले महत्वपूर्ण काम गरेको थिएँ । तर, उहाँले कुनै राम्रो रेस्पोन्स गर्नुभएन् ।’ उनले आफूले २१ महिनासम्म धेरै काम गरेको दाबी गरे । उनले भने,‘रात दिन नभनी काम गरें । तर, प्रधानमन्त्रीले मलाई कुनै जस दिनुभएन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot