Logo

ट्य्राकपछि फुटबल मैदान मार्किङ



पोखरा,मंसिर ९ । पोखरा रंगशालाभित्र पूर्वाधार निर्माणको चटारोले अझै छाडेको छैन। १३औं दक्षिण एसियाली खेलकुदका लागि पूर्वाधार तयार पार्ने काम धमाधम हुँदै छ। समय निकै कम छ। यद्यपि मैदानसहित प्यारापिटको काम टुंग्याउने चटारोमा निर्माण कम्पनी छ।

मैदानको पश्चिमतर्फ प्यारापिट तयार भइसकेको छ। सिट जडानसमेत गरिएको छ। अब पूर्वतर्फ जडान गर्ने योजना छ। फुटबल मैदानको मार्किङ गर्ने तयारी गरिएको छ। मैदानभन्दा अघि ट्य्राक एन्ड फिल्डको मार्किङ गर्ने काम भइरहेको छ। ‘ट्य्राक एन्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आइसकेका छन्,’ मैदान निर्माणकर्ता भारतीय ग्रेट स्पोटर््स इन्फ्रा तथा एम।ए कन्ट्रक्सन ललितपुर संयुक्तका स्थानीय प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘ट्य्राकको मार्किङपछि फुटबल मैदानको मार्किङ गरिनेछ।’ फुटबल मैदानको मार्किङ गर्न अखिल नेपाल फुटबल संघ एन्फाका प्राविधिक टोली नै आउने उनको भनाइ थियो।

ट्य्राक एन्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आइतबार राति मात्रै आइपुगेका हुन्। उनलाई सहयोगीका रूपमा भारतीय तथा नेपाली कामदारले सहयोग गरिरहेका छन्। प्यारापिट जडान गर्न दुई साताअघि नै दुई फ्रान्सेली प्राविधिक पोखरा आइपुगेका थिए। प्राविधिकलाई प्यारापिट र सिट जडान गर्न स्वयंसेवको रूपमा परिचालित नेपाल प्रहरीको टोली तथा मैदानमै कार्यरत मजदुरहरुले सहयोग गर्दै आएका छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्