Logo

सलामी दस्तुरमा छुट दिने तयारी



काठमाडौं, १० मंसिर । हालसम्म हिमाल आरोहणमा लिइने सलामी दस्तुरमा छुट दिने तयारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन सरकार तयार रहको बताएका छन् ।

उनले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यी दुवै प्रस्ताव १० दिनभित्र मन्त्रिपरिषद् बैठकबाट पारित गराउने मन्त्री भट्टराईको भनाइ छ। नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकको सहजताका लागि सरकारले संरक्षित क्षेत्र भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए। केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भइरहेको उनले बताए।

मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भिœयाउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागिपरेको बताए। पर्यटन व्यवसायीले पटक–पटक हिमाल आरोहणमा लाग्ने शुल्क घटाउन सरकारको ध्यानाकर्षण गरेको जनाउँदै मन्त्री भट्टराईले नेपाल भ्रमणको अवसर पारेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न लागेको जानकारी गराए । सरकारले खुला गरेका हिमालमध्ये आरोहण नभएकालाई प्राथमिक्तामा राख्दै आरोहणका लागि नयाँ हिमाल खोल्नेतर्फ पनि सरकार सकारात्मक रहेको उनको भनाइ छ ।

नेपाल भ्रमणको उद्घाटन भव्य हुने जनाउँदै उनले त्रिभुवन विमानस्थलबाट आउने पर्यटकलाई जनवरीको पहिलो दिन हात्तीले स्वागत गर्ने योजना रहेकोसुनाए । विदेशस्थित कूटनीतिक नियोगमार्फत जनवरी ७ मा नेपाल भ्रमण वर्षको उद्घाटन भए पनि देशभित्रका सातै प्रदेशमा भने जनवरी १ मा भव्य कार्यक्रम गर्दै भ्रमण वर्षको सुरुवात हुने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot