काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया जारी छ। पेट दुखेर आज विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना भएका ओलीलाई एपेन्डीसाईटिस भएको पत्ता लागेको थियो । त्यसपछि चिकित्सकहरुले तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारी, डा. अरुण सायमीलगायतको टोली शल्यक्रियामा संलग्न छन् । पछिल्लो समय प्रधानमन्त्री ओली मृगौलाको संक्रमणबाट पीडित छन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । अहिले क्रिटिनाईनको मात्रा बढेपछि नियमित हेमोडायलासिस गराईरहेका छन् । ओलीले धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलासिस गराएका हुन् । file photo