Logo

डा. प्रभु जोशीलाई ठक्कर दिने बसको पहिचान, चालक प्रहरी नियन्त्रणमा



काठमाडौं, १० मंसिर । मर्निङ वाकमा हिंडेका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर फरार बसको पहिचान भएको छ । बसको पहिचान भएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चालकसहित बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । घटनामा संलग्न बस त्यही हो भनेर एकिन नभएको र अनुसन्धानपछि जानकारी दिने बताए ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी हेरेर बसको पहिचान गरिएको हो । बा ३ ख ६१४ नम्बरको बसलाई रामेछापबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो ।

आइतबाट मर्निङ वाकमा हिंडेका डा। जोशीलाई नयाँ बानेश्वरमा ठक्कर दिएर हुइँकिएको थियो । बसले ठक्कर दिएको नदेखिएपनि बस अगाडि बढेपछि हिंडिरहेका डा.जोशीले बाटो काटेको देखिएको छैन ।

बसको ठक्करबाट ७२ वर्षीय डा. जोशीको मृत्यु भएको थियो । उनलाई बानेश्वरको दक्षिणी गेट अगाडि गाडीले ठक्कर दिएको थियो ।

डा. जोशी बेहोस बनाउने डाक्टर हुन् । उनले लामो समय त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गरेका थिए । उनी इशासन अस्पतालमा कार्यरत थिए । उनले बेलायत र अस्ट्रेलियाबाट एनेस्थेसियामा उच्च शिक्षा हासिल गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot