Logo

शल्यक्रियापछि ओलीको स्वास्थ्य ‘स्थीर’, मिर्गौलाको उपचार प्रक्रिया के हुन्छ ?



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि मंगलबार शल्यक्रिया गरियो । एपेन्डिसाइटिसको सफल उपचारपछि अहिले अस्पतालकाो आइसियुमा राखेर चिकित्सकहरुको उच्च निगरानीमा उपचार भइरहको छ । मृगौला रोगबाट समेत पिडित प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई लिएर सवैतिर चिन्ता र चासो बढेको छ ।

काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज दिउंसो प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । प्रधानमन्त्री ओलीलाई विहान एक्ककासी पेट बढी दुखेपछि विहान करिव ८ बजे अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरुले एपेन्डिसाइटिस भएको पत्ता लागेपछि तुरुन्तै शल्यक्रिया गरिएको थियो ।

शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हुन् । शल्यक्रियापछि अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । अस्पतालले निकालेको विज्ञप्तिमा पनि ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । विज्ञप्तिको भाषालाई आधार मान्ने हो भने ओलीको स्वास्थ्यअवस्था सुधारोन्मुख छैन ।

प्रधानमन्त्री ओली मृगौला सम्बन्धी रोगबाट पनि पीडित भएकोले चिकित्सकहरुको उच्च निगरानीमा उपचार गर्नुपर्ने देखिएको हो । प्रधानमन्त्रीलाई नियमित मृगौलाको डायलाइसिस गराउनुपर्ने पनि छ । तर एपेन्डिसाइटिसको शल्यक्रिया गर्दैमा मिर्गौलाको उपत्रार प्रक्रियामा कुनै समस्या नहुने चिकित्सकको दावी छ ।

१२ वर्षअघिदेखि मिर्गौलाको समस्याबाट पीडित ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि स्वास्थ्यअवस्था जटिल बन्ने हो कि भन्ने चिन्ता धेरैमा छ । तर चिकित्सकहरुले मिर्गौला र एपेन्डिसाइटिसबीच सम्बन्ध नरहने भएकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । मृगौलाको समस्या र एपेन्डिक्सको शल्यक्रिया एकआपसमा अन्तरसम्बन्धित नभएको ओलीको उपचारमा संलग्न वरिष्ठ चिकित्सक डा.अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखेर आराम गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको स्वस्थ्य अवस्था बुझ्न अस्पतालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरु पुगेका थिए । तर प्रधानमन्त्रीको स्वस्थ्य अवस्थालााई ध्यानमा राख्दै भेट्न भने दिइएको छैन । अस्पताल पुगेकाहरुले चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका छन् ।

यसअघि शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा प्लाज्मा फेरेसिस् गरिएको थियो । पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको थियो । हालसम्म प्रधानमन्त्री ओलीको चारपटक डायलासिस भइसकेको छ । मृगौला सम्बन्धी रोगबाट पीडित प्रधानमन्त्री ओलीको १२ बर्ष अघि भारतको नयांदिल्लीस्थित ओपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्