Logo

को रहेछ प्रचण्डको लभर ?



काठमाडौं, १० मंसिर । ‘मेरो लभरलाई कसैले पीडा दिए सहन सक्दिनँ,’ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले विगतमा पनि आफूले लभरबारे बोलेको खुलाए । उनले लभर अरु कसैलाई नभनेर तराई मधेशलाई भनेका हुन् ।

बाराको निजगढमा आयोजित कार्यक्रममा प्रचण्डले मधेशसँग आफ्नो लब परेको दोहोर्याए । उनले भने, ‘मैंले विगतमा पनि भनेको थिएँ कि मेरो मधेशसँग लभ परेको छ ।’ आफ्नो लभ परेको प्रीय स्थानमा विकासमा काम रोक्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन चेतावनी दिए ।

पूर्वाधार विकासमा ढिलाई भइरहेकोप्रति आफू गम्भीर भएको बताए । यसका लागि आवश्यक परे अनसन बस्न तयार रहेको बताए । उनले भने, ‘विकास निर्माणमा ढिलाई गर्ने ठेकेदारविरुद्ध आन्दोलन गर्छु, आवश्यक परे अनसन बस्छु ।’

जनताले तिव्र विकास चाहेको भन्दै अब कुनैपनि बहानामा ढिलाई हुन नहुने बताए । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने प्रचण्डको जोड थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot