Logo

कालापानीबारे देउवाले कडा शब्दमा भने- सीमा लिम्पियाधुरा हो



धरान, १० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कालापानीको सवालमा कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनले नेपालको सीमा लिम्पियाधुरासम्म भएको भन्दै सरकारलाई कुटनीतिक पहल नगरेको आरोप लगाए ।

आफ्नो पालामा महाकाली सन्धी भएको उल्लेख गर्दै सीमा लिम्पियाधुरासम्म भएको बताए । उनले भने, ‘महाकाली सन्धी म प्रधानमन्त्री हुँदा भएको हो र त्यतिबेला पानी आधा आधा हुने उल्लेख थियो ।’ आफूले बराबरको अधिकार स्थापित गर्न सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली कालापानी मिचिंदा समेत गम्भीर नबनेको आरोप लगाए ।

सरकार कामभन्दा हल्लामा सिमित भएको देउवाको आरोप थियो । सरकार असफल भएकोले काँग्रेसका सामु जिम्मेवारी आएको उनको भनाई थियो । File Photo



प्रतिक्रिया दिनुहोस्